Logo

ओलीले अब राजीनामा दिएर बालकोट गएर बस्नुको विकल्प छैन : श्रेष्ठ



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुको विकल्प नभएको बताएका छन् । उनले अब ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालकाटे बस्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा श्रेष्ठले भने,‘केपीजीले अब राजीनामा दिएर बालकोट गएर बस्नुपर्छ ।

उनले पार्टी फुटाउन पनि सक्दैनन् । अध्यादेश पनि आउन सक्दैन् ।’ दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, र प्रवक्ता श्रेष्ठबीच आज पार्टी कार्यालय पेरिसडाँडामा छलफल भएको थियो । उक्त छलफलमा ओलीले राजीनामा दिनुपर्ने निश्कर्ष निकालिएको स्रोतको दाबी छ । आजै संसदीय दलको बैठकसमेत बोलाएका छन् । अहिले दाहाल र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्