Logo

सांसदहरूलाई माधव नेपालले भने : ओली पक्षका सांसदहरुको मानसम्मानमा कुनै कञ्जुस्याइँ नगर्नुहोला



काठमाडौं, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको संसदीय दलको बैठक जारी छ । बैठकमा सुरुमा अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन् । उनले केपी शर्मा ओली नेतृत्वको रहेका सांसदहरूलाई राम्रो व्यवहार गर्न आफू पक्षधर सांसदहरुलाई आग्रह गरेका छन् ।

उनले भने,‘ओली पक्षीय सांसदहरूको मानसम्मानमा कुनै कञ्जुस्याइँ नगर्नुहोस, माननीयसँग राम्रो व्यवहार गर्नुहोला। मानसम्मानमा कुनै कञ्जुस्याइँ नगर्नुहोला, उतातिर रहेका माननीयहरूको मन यतातिर छ। शरीरमात्रै उतातिर हो।’

 



प्रतिक्रिया दिनुहोस्