Logo

एकनाले भरुवा बन्दुक सहित पक्राउ



स्याङजा, १४ फागुन । एकनाले भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–२ राङडान बस्ने ६९ वर्षीय डिल बहादुर गुरुङलाई १ थान एकनाले भरुवा बन्दुक सहित शुक्रबार बिहान पक्राउ परेका हुन् ।

उनको घरमा एकनाले भरुवा बन्दुक अवैध रुपमा लुकाइ राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउजनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्