Logo

गाँजासहित २ जना पक्राउ



तनहुँ, १४ फागुन । अबैध लागुऔषध गाँजासहित २ जना बिहीबार पक्राउ परेका छन् । ब्यास नगरपालिका–१२ कमलबारीबाट करिब १ किलो ६ ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कास्की पोखरा महानगरपालिका–२६ सुन्दरी बजार बस्ने गोरखा घर भएका १७ वर्षीय किशोर र कास्की महानगरपालिका–६६ बुढीबजार बस्ने पर्वत घर भएका १७ वर्षीय किशोर रहेका छन् । ग.१७ प ४५१६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्