Logo

२ ग्राम ४ सय ७० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ



कञ्चनपुर, १४ फागुन । २ ग्राम ४ सय ७० मिलिग्राम खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । भिमदत्त नगरपालिका–१३ झोलुङ्गे पुलबाट करिब २ ग्राम ४ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन र करिब १ ग्राम १ सय ४० मिलिग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वेदकोट नगरपालिका१० बस्ने ३० वर्षीय महेश बिष्ट र सोही नगरपालिका–९ बस्ने २३ वर्षीय पुष्पमणि थापा रहेका छन् । से.२ प ३० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक बिष्ट र मोटरसाइकलमा सवार थापालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्