Logo

कुटपिट गरी हत्या गरेको आरोपमा ६ जना पक्राउ



दाङ, १६ फागुन । कुटपिट गरी हत्या गरेको अभियोगमा ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१६ बस्ने २१ वर्षीय राजन चौधरीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही उपमहानगरपालिका–१० जलौरा बस्ने २३ वर्षीय उमेश चौधरी समेत ६ जना पक्राउ परेका हुन् ।

सोही उपमहानगरपालिका–१० जलौरा नजिक बिवाहको भोजमा गएको अवस्थामा राजनलाई उमेश समेत ६ जनाले कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले कुटपटमा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका राजनको स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै चौराह हस्पिटल मेडिकल कलेज बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्