Logo

चाँदीका गरगहना सहित युवक पक्राउ



पर्सा, १६ फागुन । राजश्व छली ल्याएका चाँदीका गरगहना सहित एक युवक पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–९ स्थित शुभलाभ गहना पसलमा लुकाई राखेको करिब २५ केजी २ सय ६४ ग्राम विभिन्न प्रकारका चाँदीका गरगहनाहरु सहित सोही पसलमा काम गर्ने वीरगंज महानगरपालिका–१५ भेडियाई टोल बस्ने २० बर्षीय विराट सराफलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरु लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त परिमाणको चाँदीका गरगहना फेला पारी सराफलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्