Logo

एक अर्ब रुपैयाँको प्रलोभन आएको वनमन्त्रीको दाबी



काठमाडौं, १८ फागुन । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्बको प्रलोभन आएको खुलासा गरेका छन् । उनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न भनी आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको बताएका हुन् । मंगलबार सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषदममा मन्त्री आलेले यस्तो खुलासा गरेका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘जुन दिन पद वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायी, वनका केही बदमास कर्मचारीले मलाई भेट्ने प्रयास गरे । मैले कसैलाई भेटिन । हामी १ अर्ब पैसा उठाएर दिन्छौं भन्ने कुरा पनि आयो । तर मैले मुखमा कालोमोसो दल्न हुँदैन भनेर इन्कार गरेँ । File Photo



प्रतिक्रिया दिनुहोस्