Logo

गृहमन्त्री थापाले लगाए कोरोना भाइरसविरुद्धको खोप



काठमाडौं, फागुन २३ । गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। थापाले आज सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर खोप लगाएको मन्त्री थापाका प्रेस सल्लाहकार किरण भट्टराईले जनाकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै खोप लगाएका छन् । उनले आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन्। सरकारले आजदेखि ६५ वर्ष उमेर पुगेका नागरिकलाई खोप लगाइरहेको छ।



प्रतिक्रिया दिनुहोस्