Logo

हरि रोकाको प्रश्न :ओलीलाइ राजा बनाएर अरू सँधै गंगे तेली भइरहन किन रोज्छ ?



काठमाडौं, ३ बैशाख । राजनीतिक विश्लेषक हरि रोकाले कर्णालीमा आज भएको राजनीतिक घट्नाबारे आफ्नो विचार अघि सारेका छन् । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले आज विश्वासको मत लिएका थिए । उनलाई नेकपा (एमाले) का चार सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गर्दै विश्वासको मत दिएका थिए । योसँगै माओवादी केन्द्रको नेतृत्वमा रहेको मुख्यमन्त्री शाहीको सरकार जोगिएको छ ।

उक्त घट्नालाई लिएर आज नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रवक्ता प्रदीप ज्ञवालीले कर्णाली घटनालाइ अराजनीतिक, अनैतिक,गलत र अराजकताको संज्ञा दिएका थिए । नेताद्धय नेम्वाङ र ज्ञवालीको प्रतिक्रियालाई लिएर विश्लेषक रोकाले कडा आलोचना गरेका छन् ।

रोकाले हिजो फागुन ११ गते संसद विघटनलाई सर्वोच्च अदालतले संविधानविपरित भएको फैसला गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिएको र उनका मन्त्रीहरुले पनि राजीनामा दिएर विकल्पका लागि बाटो खुला गरिदिएको भए आज त्यो नौवत आउने थिएन भन्ने दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,-“सुवासचन्द्र नेम्वाङ र प्रदीप ज्ञवालीले कर्णाली घटनालाइ अराजनीतिक, अनैतिक,गलत र अराजकताको संज्ञा दिएछन । र ल्फाेर क्रस गर्नेलाइ हद सम्मकाे कार्यवाही हुने संकेत गरेछन। तर फागुन ११ मा संसद विघटनलाई सर्वोच्चले संविधान विपरित भएकाे फैसला गरे पछि, ‘ प्नधानमन्त्रीले नैतिकताका अाधारमा राजीनामा दिनु पर्छ , आफू पनि अनैतिक भएर मन्त्री खान हुन्न’ भन्दै त्यागपत्र दिएर विकल्पका लागि बाटाे खुला गरिदिएकाे भए आज त्याे नाैवत आउने थिएन । लाै त्याे त भएन, भएन फागुन २३ एमाले र मा.के.लाइ आआफ्नाे पुरानाे बाटाे लाग्नु भने पछि पार्टी भित्रकाे पुरानाे विपक्षी साथीहरूकाे पुरानाे अस्तित्वलाइ स्विकार गर्दै निर्णय प्रकृयामा सामेल गरेकाे भए पनि त्याे घटना घट्थेन । पहिला ताप्केमा भुट्ने उफ्रदा भुङग्राेमा घचेट्र्र्ने। के गरून खनाल माधव पक्षधरले ? आफु भुङ्ग्राेमा परेर सकिने नै भए पछि ओली लगाएत तानाशाही सत्तारूढलाइ पनि भुङ्ग्राेमा किन नतान्ने ? ओलीलाइ राजा बनाएर अरू सँधै गंगे तेली भइरहन किन राेज्छ ? त्याे पनि विचारहिन, संस्कारहिन, कार्यक्रम विहिन भष्ट्र राजनीतिमा ?”

 



प्रतिक्रिया दिनुहोस्