Logo

५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन्ः स्वास्थ्य मन्त्रालय



काठमाडौं, २४ बैशाख । स्वास्थ्य मन्त्रालयले भारतसँग भएको सम्झौता भए अनुसार बाँकी खोप तत्काल नआउने बताएको छ । आज स्वास्थ्य मन्त्रालयले एक सुचना जारी गर्दै ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने तत्काल अवस्था नरहेको जानकारी दिएको हो ।

खोप खरिद गर्न औषधी व्यवस्था विभागको आपतकालिन प्रयोगको लागि अनुमति प्राप्त कोभिडसिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गरिएको मध्ये अहिलेसम्म १० लाख प्राप्त भएको छ ।
मन्त्रलायले जारी गरेको सुचनामा भनिएको छ, ‘बाँकी रहेको खोप कम्पनीमा आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार गरेपछि आपुर्ति गर्ने जानकारी दिएको छ । थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन् ।’

कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभागले नै निर्णय गर्ने भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचारमा सत्यता नरहेको पनि मन्त्रालयले दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्