Logo

‘अध्यक्ष ठाकुर र नेता महतोबीच असमझदारी छैन, बाहिर अफवाह आयो’ : झा



काठमाडौं, २४ बैशाख । जनता समाजवादी पार्टी, नेपालमा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच असमझदारी भएको भन्ने समाचार कुनै सत्यता नभएको जसपाका नेताहरुले दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने भएपछि जसपाभित्र मत दिने वा नदिने भन्नेबारे छलफल भैरहेको थियो ।

अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीलाई साथ दिएर जानुपर्ने पक्षमा थिए । उनलाई नेता महतोको पनि साथ रहँदै आएको छ । पछिल्लो समय मिडियामा अध्यक्ष ठाकुर र नेता महतोबीच खटपट सुरु भएको र महतोले ठाकुरको साथ छोडेको भनेर आएको समाचारमा कुनै सत्यता नभएको नेता केशब झाले दाबी गरे ।

रिपोर्टर्स नेपाल डटकमसँग संक्षिप्त कुरा गर्दै नेता झाले भने–‘हाम्रो पार्टीभित्र कुनै विवाद छैन् । अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतोबीच कुनै असमझदारी छैन् । उहाँहरुको पोलिटिकल एजेण्डा एउटै छ । बाहिर मिडियामा आएजस्तो कुनै असमझदारी छैन् ।’ उनले पार्टीभित्र नेताहरु आन्तरिक छलफलमा रहेकोले छिट्टै बैठक बसेर ठोस निर्णय लिने पनि विश्वास दिलाए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्