Logo

सभामुखसँगको भेटपछि प्रचण्डले देउवालाई भेटे, ओलीलाई असफल पार्ने सहमति



काठमडाौं, २४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । सुरुमा दाहालले सभामुख सापकोटासँग उनकै निवास लैनचौरमा भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच के कुराकानी भएको हो भन्नेबारे खुलाईएको छैन् । सभामुख सापकोटालाई भेटेलगत्तै दाहाल कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए । उनीहरुबीचको भेटवार्ता भर्खरै सम्पन्न भएको छ । यही बैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्ष एक भएर उभिने सहमति गरिसकेका छन् । विश्वस्त्र सूत्रले दिएको जानकारी अनुसार ओलीविरोधी गठबन्धनले सरकारविरुद्ध अविश्वासको प्रस्तावसमेत दर्ता गर्ने तयारी गरेको छ । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सारेर अविश्वासको प्रस्ताव दर्ता हुनसक्ने नेताहरुले दाबी गर्दै आएका छन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्