Logo

गलत बाटोबाट गरिने नियुक्ति प्रयासहरू बन्द गर्न ओलीलई माधव नेपालको चेतावनी



काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले सरकराले बलमिच्याँई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हुने टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संवैधानिक परिषदको बैठक राखेर विभिन्न आयोगमा नियुक्ती गर्न लागेका छन् । त्यसको अघिल्लो दिन नेता नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेशबुक पेजमार्फत नेता नेपालले अहिले कोभिड १९ भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुपर्ने बेला भएको पनि सुनाएका छन् । यस्तो बेलामा संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य गर्न खोजिएको उनको आरोप छ । उनले सरकार मुलुकमा उत्पन्न विषय परिस्थितिमा जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन नमिल्ने पनि बताएका छन् । उनले गलत बाटोबाट गरिने यस्ता नियुक्ती प्रयासहरु तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

उनले लेखेका छन्-“कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण गर्न र जनतालाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन केन्द्रित हुनुको साटो बलमिच्याई गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु गैरजिम्मेवारीपन एवम् अलोकतान्त्रिक कार्य हो । मुलुकमा उत्पन्न विषम परिस्थितिमा सरकार जनताप्रतिको आफ्नो मुख्य दायित्वबाट च्यूत हुन मिल्दैन ।अत: गलत बाटोबाट गरिने यस्ता नियुक्ति प्रयासहरू तत्काल बन्द गर्न र जनताको जीवन रक्षामा ध्यान केन्द्रित गर्न आव्हान गर्दछु।”



प्रतिक्रिया दिनुहोस्