Logo

प्रचण्ड र सीताको ५२औं वैवाहिक वर्ष, गङ्गाले दिइन् शुभकामना



काठमाडौं, २६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालबीच विवाह भएको आज ५२ वर्ष पुगेको छ । प्रचण्डकी छोरी गङ्गा दाहालले आमाबुवालाई वैवाहिक जीवनको ५२औं वर्षको शुभकामना दिएकी छिन् ।

गङ्गाले प्रचण्ड र सीताको तस्बिर ट्वीटरको पेजमा राखेकी छिन् ।

प्रचण्ड र सीताबीच किशोरावस्थामै विवाह भएको थियो । उनीहरुबाट तीन छोरी र एक छोराको जन्म भएको थियो । जसमध्ये छोरा प्रकाश र छोरी ज्ञानुको मृत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्