Logo

एनआरएनए अध्यक्ष पन्तले जिते कोरोना



काठमाडौं, २८ बैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त कोरोना संक्रमणमुक्त भएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष पन्तले आफ्नो पछिल्लो स्वास्थ्य परीक्षणमा कोरोना नेगेटिभ देखिएको बताएका छन् । उनी कोरोना संक्रमण भएर ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए ।

उनले उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिसिटी असप्ताल परिवारप्रीत हृदयदेखि नै धन्यवाद व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्-“हार्दिक आभार मेरो पछिल्लो स्वास्थ्य परीक्षणमा कोरोना नेगेटिभ देखिएको छ। उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा मेडिसिटी अस्पताल परिवारलाई हृदयदेखि नै धन्यवाद। मेरो स्वास्थ्यप्रति चासो एवं शुभेच्छा प्रकट गर्नुहुने यहाँहरु सबैप्रति आभारी छु । देशको स्वास्थ्य प्रणालीले नै नधान्ने गरी महामारीले विकराल रुप लिइरहेको यस कष्टपूर्ण घडीमा हर तरहले सहयोग गर्न हाम्रो प्रयास पनि जारी छ । धन्यवाद “



प्रतिक्रिया दिनुहोस्