Logo

अमेरिकाद्धारा नेपाललाई कोभिड-१९ खोप उपलब्ध गराउने घोषणा



काठमाडौं, २० जेठ ।  अमेरिकाले नेपालसहित कोरोना महामारीसँग जुधिरहेका १६ एसियाली मुलुकलाई कोभिड-१९ खोप उपलब्ध गराउने घोषणा गरेको छ।

नेपालस्थित् अमेरिकी दूतावासले भनेको छ-#COVID19 vaccine update भ्याक्सीन सम्बन्धी पछिल्लो अपडेट: हामी विश्वव्यापी रूपमा नै कोभीड-१९ को महामारीसँग लडिरहेको यो समयमा आज अमेरिकी राष्ट्रपती जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभीड-१९ भ्याक्सीन सहयोगको घोषणा गर्नुभएको छ। कोभ्याक्समार्फत विश्वव्यापी भ्याक्सीन पहुँचका लागि अमेरिकाले गरीरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज कोभीड्-१९ भ्याक्सीन प्राप्त गर्नेछन्। हामी सवै मिलेर भाइरसलाई पराजित गर्न सफल हुनेछौं भन्ने हामीलाई विश्वास छ।”

अमेरिकाले नेपाललगायत एशियाली देशलाई खोप उपलब्ध गराउन घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको उक्त घोषणाको स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीले यसका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिएका छन्।

 



प्रतिक्रिया दिनुहोस्