Logo

दल दर्ताको लागि सनाखत गर्न माधव नेपालसहित नेताहरु निर्वाचन आयोग पुगे



काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु सनाखतको लागि चन्द्रागिरी रिसोर्टबाट निर्वाचन आयोग पुगेका छन् । सोमबार र मंगलबार दुई दिन रिसोर्टमा बसेर विधानलगायत राजनीतिक दस्तावेजबारे छलफल गरेका नेताहरु उतैबाट सिधै आयोगको कार्यालय आएका हुन् ।

उनीहरु टुरिस्ट बसमा आएका हुन् । आयोगले दल दर्ताको लागि सनाखतको लागि आज साँढे ११ बजेको समय दिएको थियो । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश अनुसार केन्द्रीय कमिटी र संसदीय दलमध्ये एकमा २० प्रतिशत भएपनि दल विभाजन गर्न पाउने मान्यता रहेको छ । सोहीअनुसार माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नामक दल दर्ताको लागि आयोगमा निवेदन दिईएको छ ।

 



प्रतिक्रिया दिनुहोस्