Logo

निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दुवैलाई दियो मान्यता



काठमाडौं, ९ भदौ । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता दिएको छ। आयोगले आज दुवै दलका लागि नेताहरुको लागि सनाखतको लागि बोलाएको थियो ।

आयोगले दुवै दललाई दलको प्रमाणपत्र दिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ता गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्