Logo

साहिल अग्रवाल खोज्दै सरकार, अकुत सम्पत्ति र कर छलीको आरोप



काठमाडौं, १५ भदौ । कर छली र अकुत सम्पत्ति आर्जन गरेको भन्दै सकारले जगदम्बा स्टिल्सका सञ्चालक साहिल अग्रवाललाई अनुशन्धानको घेरामा राखेको छ। पछिल्लो समय साहिललाई सम्पत्ति शुद्धिकरण र राजश्वले खोजी गरेको उच्च स्रोतको दाबी छ । उनी एकपछि अर्को गरेर विवादमा मुछिएका व्यापारी हुन् । उनीमाथि ठूलो मात्रामा कर छलेको आरोप छ । तर, उच्च राजनीतिक सम्पर्क सूत्रसँग जोडिएर उनी कर नतिरी उम्किने गरेका छन् ।

कर छलीमात्रै नभएर उनको सम्पत्तिमा अस्वभाविक वृद्धि भएको पनि उनलाई नजिकबाट चिन्नेहरुको दाबी छ । स्रोतले भन्यो,‘साहिलको सम्पत्तिमा अस्वभाविक वृद्धि देखिएको छ, यो नियमित आम्दानी भन्दापनि कर छली होला ।’ उनको कम्पनी जगदम्बा स्टिल्सले २ अर्ब ५० करोड बक्यौता विद्युत प्राधिकरणलाई तिर्न बाँकी छ ।

प्राधिकरणले उक्त बाँकी बक्यौता रकम तिर्नको लागि ताकेदा गर्दा पनि उनी भने उच्च राजनीतिक पावर लगाउन लागिपरेका छन् । पछिल्लो समय प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि बाँकी बक्यौता रकम उठाउन कर्मचारीलाई कडा निर्देशन दिएका छन् । उर्जामन्त्री पम्फा भुषालले पनि कार्यकारी निर्देशक घिसिङलाई बक्यौता रकम उठाउन कुनै कसर बाँकी नराख्न भनेकी छिन् ।

साहिल भने बक्यौता रकम नतिर्नको लागि शक्ति केन्द्रमा धाउन थालेका छन् । नेपाल विद्युत प्राधिकरणले बाँकी बक्यौता तिर्नको लागि ताकेदा गरेपछि उनी शक्ति केन्द्र धाउन थालेका छन् । प्राधिकरण स्रोतकाअनुसार जगदम्बा स्टिल्सले २ अर्ब ५० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

साहिल भने उक्त बक्यौता नतिर्नको लागि सक्रिय भएका छन् । यसको लागि उनले यसअघिको सरकारको पालादेखि नै लविङ गरेका थिए । खासगरी तत्कालिन उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडमार्फत अग्रवालले लविङ गरेका थिए ।

अग्रवाल परिवारले शंकर ग्रुपअन्तर्गत विभिन्न व्यापार तथा व्यवसाय गर्दै आएको छ । तर, शंकर ग्रुप पछिल्लो समय एकपछि अर्को गरेर विवादमा मुछिएको छ । यसअघि कोरोना महामारीकै बेलामा थर्मल गनको कालोबजारी गरेको कारण सुलभ अग्रवाल पक्राउ परेका थिए । पैसा कमाउनको लागि कालोबजारी पनि गर्न नछोड्नेहरुले कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने विद्युत बक्यौता नतिर्नको लागि शक्ति केन्द्र धाउनु ठूलो कुरा नभएको जानकारहरुको भनाई छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औं वार्षिक प्रतिवेदनमा बक्यौतामध्ये ट्रङ्क तथा डेडिकेटेड लाइनतर्फका ४९ ग्राहकबाट मात्रै १५ अर्ब ५३ करोड ५८ लाख बक्यौता उठ्न बाँकी रहेको छ । यसमा जगदम्बा स्टिल्सको मात्रै २ अर्ब ५० करोड रुपैयाँ बाँकी छ ।

Photo Source: https://nextgrowthconclave.com/



प्रतिक्रिया दिनुहोस्