Logo

रक्षा सचिव पौड्यालद्धारा प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान



काठमाडौं, १६ भदौ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्र शर्मा पौड्यालले नेपाली सेनाका कार्यवाहक प्रधान सेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्तिपत्र प्रदान गरेका छन् । आज (बुधबार) शर्मालाई उक्त नियुक्तिपत्र दिईएको हो ।

नेपाली सेना, जंग्गी अड्डाले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७८ श्रावण २६ गतेबाट कायममुकायम प्रधान सेनापति सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका कायममुकायम रथी श्री प्रभुराम शर्मालाई आज मिति २०७८र०५र१६ ‍गते श्री रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच रक्षा सचिव श्री बेगेन्द्रराज शर्मा पौड्यालद्वारा प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गर्नु भएको छ ।’

नेपाली सेनाका पि.एस.ओज, रथीवृन्द तथा रक्षा मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको उक्त कार्यक्रममा रक्षा सचिवद्वारा कायममुकायम प्रधान सेनापति शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

Army Chief



प्रतिक्रिया दिनुहोस्