Logo

नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन मङ्सिर २४ र २५ मा



Reporters Club Nepal Logo

काठमाडौँ, २९ भदौ: नेपाल आयुर्वेद चिकित्सक सङ्घको महाधिवेशन आगामी मङ्सिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।

सङ्घका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार सङ्घमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताए । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्