Logo

मन्त्रिमण्डलमा भागबण्डा खोजेको भनेर प्रधानन्यायाधीशको नाम जोडेर समाचार आएपछि सर्वोच्च अदालतले जारी गर्यो विज्ञप्ती



काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई जोडेर समाचार आएकोमा खण्डन गरेको छ । सर्वोच्च अदालतले असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवम् भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुःखद् र खेदजन्य विषय भएको बताएको छ ।

आज सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्धारा विज्ञप्तीमार्फत यस्तो भनिएको छ । उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘विगत केही दिनदेखि मन्त्रिपरिषद्को विस्तारमा प्रधान न्यायाधीशको संलग्नतासमेतका शीर्ष राखी विभिन्न पत्रपत्रिका एवम् अनलाईन माध्यमबाटमेत प्रकाशित भएका समाचारहरुको सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर ध्यानाकार्षण भएको छ ।’

नेपालको संविधानबमोजिम स्वतन्त्र, स्वायत्त एवम संवेदनशीलताकासाथ क्रियाशिल रहनुपर्ने संस्था र त्यसको नेतृत्वप्रति कुत्सित मनसाय राखी लाञ्छित गर्नु अत्यन्तै दुःखद् अवस्था भएको पनि उल्लेख विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ,‘यस्तो समाचार आउनु अदालतप्रतिको जनआस्था एवम् नेतृत्वप्रति प्रतिकुल प्रभाव पार्ने दुषित मनसायबाहेक अरु केही हुनसक्दैन् ।’



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम