Logo

बारको ज्ञापनपत्र बुझ्दै उपेन्द्र र बाबुराम



काठमाडौं, ६ मंसिर । नेपाल बार एशोएिशनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाइ ज्ञापनपत्र बुझाएको छ । आज सिंहदरबारस्थित् संसदीय दलको कार्यालय पुगेर बार पदाधिकारीले ज्ञापनपत्र बुझाएका हुन् ।

बारले आज संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरुलाई ज्ञापनपत्र बुझाएको हो । बार पदाधिकारीले यसअघि सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई पनि ज्ञापनपत्र बुझाएको थियो ।

त्यो भन्दा अघि एमाले र माओवादी केन्द्रको संसदीय दलमा पनि पुगेर बारले ज्ञापनपत्र बुझाईसकेको छ । एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङले ज्ञापनपत्र बुझे भने माओवादी केन्द्रको तर्फबाट संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुझेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्