Logo

चितवनबाट पत्रकार ऋषि धमलाको प्रत्यक्ष प्रसारण : देश बनाउने भनेको नै ओली हो भन्दै एमाले कार्यकर्ताहरु उत्साही (भिडिओसहित)



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख कार्यकर्ता आउने दाबी गरेको छ । अहिले चितवनमा सबै होटलहरु बुक भैसकेका छन् । अहिले चितवनबाट प्राइम टिभीको लागि वरिष्ठ पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

महाधिवेशनमा सहभागी देशभरिबाट आएका एमाले नेता तथा कार्यकर्ताहरुसँग पत्रकार धमलाले संक्षिप्त कुराकानी गरेका छन् । कुराकानीमा सहभागी नेता तथा कार्यकर्ताहरुले देश बनाउने पार्टी नै एमाले र यसको नेतृत्व भएकोले एमालेमा आकर्षण बढिरहेको बताए । उनीहरुले देशका सबै नेता एकातिर र अर्कोतिर केपी ओली रहेको अवस्थामा पनि ओली नै सबैलाई भारी पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम