Logo

तस्विरमा हेर्नुहोस एमाले महाधिवेशनको चहलपहल (फोटोफिचर)



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । चितवनको नारायणी नदी किनारामा ठूलो र भव्य मञ्च बनाईएको छ । एमालेले यो महाधिवेशनमा ५ लाख कार्यकर्ता आउने दाबी गरेको छ । अहिले चितवनबाट प्राइम टिभीको लागि वरिष्ठ पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरिरहेका छन् ।

महाधिवेशनमा सहभागी देशभरिबाट आएका एमाले नेता तथा कार्यकर्ताहरुसँग पत्रकार धमलाले संक्षिप्त कुराकानी गरेका छन् । कुराकानीमा सहभागी नेता तथा कार्यकर्ताहरुले देश बनाउने पार्टी नै एमाले र यसको नेतृत्व भएकोले एमालेमा आकर्षण बढिरहेको बताए ।

उनीहरुले देशका सबै नेता एकातिर र अर्कोतिर केपी ओली रहेको अवस्थामा पनि ओली नै सबैलाई भारी पर्ने बताए । चितवन आज एमालेको झण्डा र ब्यानरले झकिझाउ छ । तस्विर : ईश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्