Logo

एमाले १०औं महाधिवेशन : स्टेजमा देउवा र ओली उक्लिएपछि ठूलो हुटिङ (भिडिओसहित)



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन चितवनमा सुरु भएको छ । अहिले उद्घाटन सत्रमा विभिन्न दलका नेताहरुले महाधिवेशन सफलताको लागि शुभकामना दिईरहेका छन् ।

अहिलेसम्म राप्रपाका अध्यक्ष कमल थापा, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका अध्यक्ष नेता लिलामणि पोखरेलले सम्बोधन गरिरहेका छन् ।

अहिले जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गरिरहेका छन् । यसअघि महाधिवेशन उद्घाटनसत्रमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवा स्टेजमा उक्लिने बेलामा तल कार्यकर्ताको तहबाट उपस्थित् जनसमूदायले ठूलो हुटिङ गरेका थिए ।

तस्विर : ईश्वर पोखरेल, रिपोर्टर्स नेपाल डटकम/चितवन



प्रतिक्रिया दिनुहोस्