Logo

साँझ ७ बजे सुरु हुने बन्दसत्र केहीबेरमै सकिने गोकुल बाँस्कोटाको भनाई



चितवन, १२ मंसिर । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन् । अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए । उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्