Logo

भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार



काठमाडौं, १२ मंसिर : नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् ।

एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् ।

ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने मनस्थिति बनाएको स्रोतले बताएको छ । न्युज कारखाना file photo



प्रतिक्रिया दिनुहोस्