Logo

एमाले महाधिवेशन : बन्दसत्रअघि अध्यक्ष मण्डलको बैठक सुरु



काठमाडौं, १२ मंसिर । चितवनमा जारी नेकपा (एमाले) को १०औं महाधिवेशनअन्तर्गत आज बन्दसत्रको दोस्रो दिन । अहिले अध्यक्ष मण्डलको बैठक शुरु भएको छ।  केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक भर्खरै सुरु भएको हो । उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको नाम सिफारिश गर्र्ने बुझिएको छ ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुअघि अध्यक्ष मण्डलको बैठक बसेकाके हो। एमालेले बन्द सत्रकाक लागि केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा सदस्य रहेको अध्यक्षमण्डल गठन गरेको थियो। Photo Source: Kantipur TV/Twitter 

 



प्रतिक्रिया दिनुहोस्