Logo

केन्द्रीय सदस्यमा मनोनित भएपछि कोमल वलीको प्रतिक्रिया : मेरो लागि च्यालेन्जिङ छ (भिडिओसहित)



काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा मनोनित भएकी कोमल वलीले पार्टीमा एक सय एक सक्षम, सवल र योग्य नेताहरु भएकोले आफूलाई आगामी दिनमा च्यालेन्जिङ भएको प्रतिक्रिया दिएकी छिन् । एमाले अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीले सहमतिका लागि सार्वजनिक गरेको केन्द्रीय कमिटीको सूचीमा गायिका तथा सञ्चारकर्मी कोमल वलीको नामा पनि समावेश गरिएको छ । आइतबार मध्यरात ओलीले सार्वजनिक गरेको केन्द्रीय कमिटीका ३०१ जनाको नाममा वलीको नाम खुला महिला समूहमा छ ।

सौराहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ वलीले महाधिवेशनमा समय लाग्नु स्वभाविक भएको बताईन् । उनले एमालेमा १२ लाख संगठित सदस्य भएकोले यस्तो पार्टीमा नेतृत्व चयन गर्नमा समय लाग्नु स्वभाविक भएको बताईन् ।



प्रतिक्रिया दिनुहोस्