Logo

महासेठ सचिवमा प्रस्तावित, श्रीमती जुली केन्द्रीय सदस्यमा मनोनित



काठमाडौं, १३ मंसिर । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान बन्दसत्रमा प्रस्ताव गरेको तीन सय एक सदस्यीय केन्द्रीय कमिटीमा सचिवमा प्रस्तावित रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतो केन्द्रीय सदस्य बनेकी छन् ।

उनी ओली सरकारमा मन्त्रीसमेत बनेकी थिइन् । यसैगरी, एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईसमेत केन्द्रीय सदस्य बनेका छन् ।



प्रतिक्रिया दिनुहोस्