Logo

महाधिवेशनस्थल छाडेर लालबाबु पण्डित काठमाडौंमा



चितवन, १३ मंसिर : नेकपा एमालेका नेता लालबाबु पण्डित चितवनमा जारी महाधिवेशनस्थल छोडेर काठमाडौं आइपुगेका छन् ।

पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी ओलीले पदाधिकारी सूचीमा नअटाएपछि केन्द्रीय सदस्य नबन्ने घोषणा गर्दै काठमाडौं फर्किएका हुन् ।

‘मैले पहिला नै पदाधिकारीबाहेक अन्य पदमा बस्दिन भनेर घोषणा गरेको थिएँ, सोहीअनुसार केन्द्रीय सदस्य त्याग गरेको हुँ,’ पण्डितले न्युज कारखानासँग भने, ‘बिहानको खाना खाएर म अहिले काठमाडौं फर्किसकेको छु ।’

उनका अनुसार निर्वाचन समितिले उम्मेदवार दिने अवसर दिए पनि कुनै पनि कार्यकारी पदमा उम्मेदवार रहन भने अनिच्छुक भएकाले काठमाडौं फर्र्किएका हुँ ।



प्रतिक्रिया दिनुहोस्