Logo

एमाले महाधिवेशन : दुई हजार ८५ मत खस्यो, चार घण्टामा नतिजा



चितवन, १४ मंसिर : एमाले १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदान जारी छ । मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा दुई हजार ८५ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए ।

उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ ।  दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् ।



प्रतिक्रिया दिनुहोस्