Logo

एमाले महाधिवेशन : मतदान गर्न ओली र रावल सँगै पुगेका थिए मतदानस्थलमा (फोटोफिचर)



सौराहा, १४ मंसिर । नेकपा एमाले) को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भैसकेको छ। राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको थियो ।

पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका दिए । उनी अध्यक्षका उम्मेदवार हुन् । ओलीसँग उपाध्यक्ष भीम रावल चुनावी प्रतिस्पर्धामा छन् । अध्यक्षका उम्मेदवार रालव लगायतका नेताहरूले सुरूवातमा मतदान गरेका थिए ।

मतदानमा दुई हजार ११४ जनाले मत दिएका निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए । उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ ।

दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्