Logo

एमाले महाधिवेशन : एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतगणनाको परिणाम दुई घण्टामा आउने बताइएको छ ।

अहिले मतगणना एलिफेन्ट कन्फेरेन्स हलमा भैरहेको छ ।  दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।



प्रतिक्रिया दिनुहोस्