Logo

प्रधानन्यायाधीश बन्नको लागि सत्तापक्षीय गठबन्धनका शीर्ष नेताहरुको घरमा धाउँदै न्यायाधीश कार्की !



काठमाडौं, १७ मंसिर । सर्वोच्च अदालत आज ४० दिनपछि नियमित प्रक्रियामा फर्किएको छ । आजबाट हड्ताली न्यायाधीशहरु र आन्दोलनमा उत्रिएका बारका अगुवा नेताहरु पनि ईजलाश र बहस÷पैरवीमा फर्किएका छन् । बारको आन्दोलनको औचित्य समाप्त भैसकेको छ ।

तर, सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्कीको महत्वकांक्षाका कारण अझै अदालतको समस्या बाँकी रहने भएको छ। कार्कीले आफू प्रधानन्यायाधीश हुने महत्वकांक्षा पालेका छन् । यसको लागि उनलाई बारका पूर्व अध्यक्षहरु शम्भु थापा, प्रेमबहादुर खड्का र रमनकुमार श्रेष्ठको साथ रहेको पाईएको छ।

थापा र खड्काले त सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेर नै अब असार २८ गतेको परमादेशको गुन तिर्न आग्रह गरेको पाईएको छ। त्यतिमात्रै होईन, अहिले कार्की पनि सत्तारुढ दलका नेताहरुको घरमा धाउन थालेको पाउन थालिएको छ। उनले आफू प्रधानन्यायाधीश बन्नको लागि ठूला नेताहरुको घरमा धाउन थालेको अदालतनिक उच्च स्रोतको दाबी छ । पछिल्लो समय गोलाप्रथा लागु भैसक्दापनि यसको पूर्ण कार्यान्वयन नहुनुमा न्यायाधीश कार्कीकै हात रहेको पनि कानूनविद्हरुको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्