Logo

भोट बैंक मेरो साथ छ, मेरो जित सुनिश्चित छः जगदीश्वरनरसिंह केसी



काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेस संस्थापन इतर समूहबाट बाग्मती प्रदेशमा सभापतिका उम्मेदवार जगदीश्वरनरसिंह केसीले काठमाडौं ललितपुर, चितवन, धादिङलगायत भोट बैंक आफ्नो साथमा रहेकाले जित सुनिश्चित भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “सबैभन्दा ठूलो भोट बैंक काठमाडौं, ललितपुर, चितवन, धादिङमा मेरो पक्षमा अत्यधिक मत छ । बागमती प्रदेशका १३ जनामध्ये ९ जना जिल्ला सभापति मेरो पक्षमा हुनुहुन्छ । प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, रामशरण महत, गगन थापाले मत माग्नुभएको छ । रामचन्द्र पौडेलले जगदीश हाम्रो उम्मेदवार भन्नुभएको छ ।”
उनले थपे, “शेरबहादुर देउवाको नाम लिएर कसैको साथमा शक्ति होला तर जनमत, सद्भाव, निष्ठा, आदर्श मसँग छ । भीमसेनदास प्रधानको व्यक्तित्व र प्रभाव प्रकाशमान र गगन थापाको अगाडि फिका छ । मैले लगभग ६ सय मतमध्ये ४ सय मत त काठमाडौंबाटै पाउँछु । निष्ठा र आदर्श बचाउने मेरो जिम्मेवारी हो । अहिलेको बागमती प्रदेशमा बीपी कोइरालाको विचार अनुरुप कांग्रेस पार्टी हाँक्न म सक्षम छु ।”



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम