Logo

संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको छः अमरसिंह पुन



काठमाडौं, १८ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट लुम्बिनी प्रदेशमा सभापतिका उम्मेदवार अमरसिंह पुनले पार्टीको संस्थापन पक्ष शक्तिको आडमा पार्टी कब्जामा लागेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पुनले भने, “सरकार र पार्टी फरक कुरा हो । गृहमन्त्री बालकृष्ण खाँडले मञ्चबाट भरत शाहको पक्षमा मत मागेको साथीहरुलाई चित्त बुझेको छैन । सरकारको शक्तिको आडमा पार्टी कब्जा गर्ने चाहनामा हाम्रा साथीहरु कुनै पनि खालको दबाब, लोभलालच र प्रलोभनमा फस्नुहुन्न । सबै साथीहरु इमानदार, विवकेशील र चेतनाशील हुनुहुन्छ । म दीपक गिरी र चन्द्र भण्डारीको उम्मेदवार हुँ । १६४८ मतदाताले मलाई मत दिएर जिताउनुहुन्छ । म कांग्रेसलाई सुस्त होइन, द्रुत गतिमा लैजान सक्षम छु । मेरो जित सुनिश्चित छ ।”



प्रतिक्रिया दिनुहोस्