Logo

कांग्रेस सभापतिको लागि दोस्रो चरणको मतदान सम्पन्न : ४५६२ मत खस्यो, मतगणना केहीबेरमै सुरु हुने



काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापति चयनको लागि भएको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा जम्मा ४५६२ मत खसेको जनाईएको छ ।

यसअघि पहिलो चरणमा ४६७९ मत खसेको थियो । निर्वाचन समितिले केहीबेरमै मतगणना सुरु गर्ने जनाएको छ । दोस्रो चरणको लागि सभापतिमा शेरबहादुर देउवा र डा. शेखरप्रसाद कोइरालाबीच प्रतिष्पर्धा भएको छ ।



प्रतिक्रिया दिनुहोस्