Logo

कोभिडको परिस्थिति अनुकुल भएपछिमात्रै निर्वाचनको मिति घोषणा गर्नुपर्छ : अध्यक्ष ठाकुर



काठमाडौं, १० माघ । इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले कोभिड महामारी नियन्त्रण नभएसम्म निर्वाचन नगराउन सरकारसमक्ष आग्रह गरेको छ । उक्त पार्टीका अध्यक्ष बद्रीनारायण ठाकुरले हिजो (आइतबार) एक विज्ञप्ती जारी गर्दै अहिले निर्वाचन गराउनु उपयुक्त नभएको स्पष्ट पारेका छन् ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्नेगरि छलफल गरिरहेको अवस्थामा अध्यक्ष ठाकुरको यस्तो भनाई आएको हो । उनले कोभिड १९ महामारी समाप्त भएपछिमात्रै मुलुकमा निर्वाचन गराउँदा नै उपयुक्त हुने पनि सुझाव दिएका छन् । उनले निर्वाचन केही ढिलो हुँदा देशलाई केही घाटा नहुने र केही पनि नबिग्रिने पनि विचार अघि सारेका छन् ।

हेरौं उनको विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्