Logo

स्थानीय तहको निर्वाचन सारेर कांग्रेस नेतृत्व कलंकित नहोस्ः कांग्रेस नेता



काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले संविधानको मर्म र भावना अनुसार तीनै तहका निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले भने, “२०६४ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो— चुनाव गरौं कांग्रेस हार्छ । चुनाव नगरौं देश हार्छ । अहिले कांग्रेस जित्छ कि हार्छ त्यो ठूलो कुरा होइन । संविधान र लोकतन्त्र बँच्नुपर्यो । पार्टीभन्दा मुुलुक ठूलो कुरा हो ।”
स्थानीय तहको निर्वाचन सार्नु दुर्भाग्य हुने खड्काले बताए । उनले थपे, “समयमै निर्वाचन गराउने संवैधानिक हिसाबले कांग्रेसको नेतृत्व डगमगाउनु हुँदैन । ५ दलीय गठबन्धन मुलुकलाई भड्खालोमा हाल्न बनेको होइन, गठबन्धनको अभीष्ट पूरा गर्ने थलो संविधान होइन । गठबन्धन संविधानभन्दा माथि होइन पनि । प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती दोहोर्याउनुहुन्न । सिंगो कांग्रेस उहाँको साथमा छ । निर्वाचन सार्ने प्रपञ्च हामीजस्ता कार्यकर्ताका लागि सैह्य हुन्न । फेरि पनि चुनाव सारेर कांग्रेस नेतृत्व कलंकित नहोस् ।”
सुदूरपश्चिम प्रदेशमा आज हुने राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन तीन तिहाई मतका साथ विजयी हुने उनले बताए । नेता खड्काले सदूरपश्चिम प्रदेश सरकार विधि, पद्धति, सेवा, विकास सबै हिसाबले असफल भएको आरोप पनि लगाए ।
सुदूरपश्चिम प्रदेश सरकारले सुशासन दिन नसकेको पनि उनको आरोप छ । उनले भने, “कोरोना भाइरसकै सन्दर्भमा गौरीफन्टा नाकाबाट हजारौं आउने जाने गर्छन् । त्यहाँ चार जना पुलिस मात्र छन् ।सय जनाको परीक्षण गर्दा ३०, ४० जना संक्रमित भएका छन् । होल्डिङ सेन्टमा केही स्रोत साधन छैन । जनशक्ति छैन । मुख्यमन्त्री ठूलो कुरा गर्नुहुन्छ, सुदूरपश्चिमका जनता रामभरोसमा बाँचिरहेका छन् ।”



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम