Logo

मोरिससविरुद्ध मैदान उत्रिँदै नेपाल, जित्नकै लागि खेलिने कप्तान चेम्जोङको भनाई (भिडिओसहित)



काठमाडौं, १४ माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले भोलि (शनिबार) मोरिससविरुद्ध खेलिने खेलमा जित निकाल्ने विश्वास दिलाएका छन् । उनले नेपाली टोली हार्नका लागि नखेल्ने बताएका हुन् ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बिहीबार मोरिससविरुद्धको खेल हारेमा त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने र जितेमा त्यसको सम्पूर्ण श्रेय खेलाडीलाई जाने बताएका थिए ।

कप्तान चेम्जोङले आफूहरु हार्न नभई जित्नकै लागि खेल्ने प्रष्ट पारेका हुन् । उनले भने, ‘‘हार्नका लागि त कोही पनि खेल्दैन । हामी जित्नकै लागि खेल्ने हो । त्यसका लागि हामी मानसिक र शारीरिक रुपमा तयार छौं ।’’

Photo & Video By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्