Logo

टोपबहादुर रायमाझीको दाबी : यो देश एमालेले मात्रै बनाउन सक्छ



काठमाडौं, १५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नो दलविरुद्ध सत्ताधारीले गरेको गठबन्धनलाई हार स्विकारको संज्ञा दिएका छन् । उनले यो देश एमालेले मात्रै बनाउन सक्ने पनि दाबी गरेका छन् ।

आज (शनिबार) अर्घाखाँचीमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले यस्तो बताएका हुन् । उनले भने,‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौँ ।’ file photo



प्रतिक्रिया दिनुहोस्