Logo

बाँसको भाटा प्रहार गरी दुईजनाको हत्या गर्ने तामाङ पक्राउ



सिन्धुपाल्चोक, २४ माघ । दुई व्यक्तिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बलेफी गाउँपालिका–७ बस्ने ७० वर्षीया बसुमायाँ तामाङ र ५९ वर्षीया सन्तवीर तामाङको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–७ माथिल्लो चिम्लिङ बस्ने ३८ वर्षीय बिजय तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरेका बिजयले बसुमायाँ र सन्तवीरलाई ढुङगा तथा बाँसको भाटा प्रहार गरी हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी लामोसाँघु, ईलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot