Logo

केपी ओली, ईश्वर पोखरेल, पद्यमा अर्याल, भानुभक्त ढकाल र योगेश भट्टराईविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी, यस्तो छ आरोप



काठमाडौं, ५ फागुन । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट अनेरास्ववियुका बाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि तत्कालिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईलगायत पाँच जनाविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी दर्ता गराएका छन् । उनले तत्कालिन प्रधानमन्त्री ओलीले झापाको गिरीबन्धु टि–स्टेटको नाममा रहेको जग्गा सट्टापट्टा गर्न पाउनेगरि नीतिगत भ्रष्टाचार गरेको भन्दै तत्कालिन भूमि व्यवस्थामन्त्री पद्यमा अर्याललगायत भ्रष्टाचारमा संलग्न भएको भन्दै कारबाहीको माग गरेका छन् ।

त्यस्तै, उजुरकर्ताले ओम्नी ग्रुपसँग मिलेर तत्कालिन उपप्रधानमन्त्री ईश्वर पोखरेल र तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा करोडौं रुपैयाँको भ्रष्टाचार गरेको उल्लेख गरेका छन् । र, उनीहरुलाइ पनि कारबाही हुनुपर्ने उनको माग छ । त्यस्तै, उनले तत्कालिन पर्यटनमन्त्री योगेशकुमार भट्टराईमाथि पनि भ्रष्टाचारको छानबिन गर्न माग गरेका छन् । उनले भट्टराईले भिजिट नेपाल २०२० को प्रचारप्रसारको नाममा करोडौं रकम भ्रष्टाचार गरेको दाबी गरेका छन् ।

हेरौं उनले अख्तियारमा चढाएको उजुरीपत्र

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

 

 



प्रतिक्रिया दिनुहोस्