Logo

राप्रपाले काठमाडौंसहित ५ वटै महानगरमा उम्मेदवारी दिने



काठमाडौं, ११ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै महानगरपालिकामा सोमबार उम्मेदवारी दर्ता गर्ने भएको छ। काठमाडौं महानगरसहित ६ वटै महानगरमा उम्मेदवारी दिने भएको हो ।

४ वटा महानगरको हालसम्म उम्मेदवार टुंगो लगाइसकेको र अन्य उम्मेदवारको टुंगो लगाउने क्रम जारी रहेको राप्रपाले जनाएको छ ।

काठमाडौ महानगरको मेयरमा मदनदास श्रेष्ठ, उपमेयरमा विनिता मगैया, ललितपुरको मेयरमा अष्ट महर्जन, उपमेयरमा स्वर्णिमा शाक्य र पोखरा महानगरमा रञ्जु सेन, वीरगञ्जमा गिरिश गिरी, शुक्लाफाँट नगरपालिकाको प्रमुखमा जित बहादुर भण्डारीको नाम टुंगो लगाएको हो ।

ललितपुर गोदावरीको मेयरमा राजकुमार महर्जन, उपमेयरमा रञ्जिता श्रेष्ठ, झापाको बाह्रदशीमा राजकुमार सिंह राजवंशी र उपप्रमुखमा कमला कार्की, हल्दिबारीको प्रमुखमा रवीन्द्र लिङदेनको टुंगो लगाएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot