Logo

गृहमन्त्री खाँण बागी उम्मेदवारलाई भेट्न भरतपुर पुगे



काठमाडौं, १४ बैशाख । गठबन्धनका साझा उम्मेदवारविरुद्ध भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउन गृहमन्त्री बालकुष्ण खाँण चितवन पुगेका छन् । गठबन्धनले माओवादी केन्द्रको उम्मेदवार रेणु दाहाललाई उम्मेदवार बनाएको हो ।

गृहमन्त्री खाँण चितवनमा गठबन्धनका नेताहरुसँग छलफल पछि बागी उम्मेदवारी दिएका जगन्नाथलाई भेट्न उनको निवास भरतपुर –७ पिपल चोक जाने छन् ।

आज बसेको सत्ता गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा बागी उम्मेदवारी दर्ता फिर्ता गराउने निर्णय गरेसँगै गृहमन्त्री खाँण चितवन कांग्रेसका नेता खतिवडासँग सम्बाद र छफफल गर्न भरतपुर पुगेका हुन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा चितवन पुगेर खाँणले खतिवडालाई फकाउने प्रयास गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्