Logo

स्थानीय तहको निर्वाचन : मतपेटिका ल्याईएसँगै राष्ट्रियसभा गृहमा बढ्यो चहलपहल (फोटोफिचर)



काठमाडौं, ३० बैशाख । काठमाडौंमा मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर राष्ट्रियसभा गृह ल्याईएको छ। अहिले राष्ट्रियसभा गृह आसपासमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको ठूलो भीड लागेको छ ।

निर्वाचन आयोगले सबै मतपेटिका संकलन भएपछि आजैबाट मतगणना सुरु गर्ने भनेको छ । काठमाडौंमा शान्तिपूर्ण रुपमा मतदान भएको पनि आयोगले जनाएको छ। देशभरि नै छिटपुट घट्नाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्