Logo

काठमाडौं महानगरपालिका अपेक्षा अनुसार मत खसेन, ५२ प्रतिशत मात्रै मतदान



काठमाडौं, ३० वैशाख : निर्वाचन आयोगले सबैभन्दा बढी मत खस्ने अपेक्षा गरेको महानगर हो- काठमाडौं । मतदाता संख्या समेत बढी भएकाले सोही आधारमा धेरै नै मत खस्ने अनुमान आयोगको थियो । तर, अपेक्षा अनुसार मत खस्न सकेन् ।

निर्वाचन आयोगका अनुसार काठमाडौं महानगरपालिकामा ५२ प्रतिशत मात्रै मत खसेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन, मतदातको शुलभ पहुँचका बाबजुद पनि आधामात्रै मत खसेको आयोगले जनाएको छ ।

प्रमुख आयुक्त दिनेश कुमार थपलियाले सबै व्यवस्थापकीय हिसाबले राम्रो मानिएको काठमाडौं महानगरमा निकै कम मत खसेको बताए ।

‘हामीले काठमाडौं महानगरमा धेरै अपेक्षा गरेका थियौं । यो भन्दा त अपेक्षा नै नगरेका जिल्लामा पनि ७०, ७५ प्रतिशतसम्म मत खसेको छ । यो एकदमै गम्भीर र सोचनीय विषय बनेको छ ।’ थपलियाले भने । राजनीतिक दलको असहयोगका कारण निर्वाचन अपेक्षा अनुसार सफल हुन नसकेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्